एसियन कराते च्याम्पियनसिपको फाइनलमा एरिका


काठमाडौँ। 

करातेकी युवा खेलाडी  एरिका गुरुङ  २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् ।  चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल समूहमा थाइल्यान्डकी खेलाडीलाई ८-० अङ्कले हराउँदै  फाइनलमा पुगेकी हुन् ।

 उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।  गत वर्ष १९ औं एसियाली खेलकुदमा  उनले रजत जितेकी थिइन्।