ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?


काठमाडौँ।

गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले डेढ बर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ ।

तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आवमा ३० लाख रुपैयाँ तलबबापत लिएका थिए ।

तर राईले भने २०७८/७९ मा मात्र ३० लाख तलब लिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी ठगीको आरोप लागेका राई हाल फरार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको तथ्य समितिले खुलासा गरेको छ ।

सोही रकमबाट लामिछानेले १ करोडभन्दा बढी तलब लिएका हुन् ।

गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।