डोपिंगले निम्त्याउन सक्छ खेलाडीमा हृदयघात

2.35k
Shares

काठमाडौं ।

डोपिंग अर्थात प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रयोग । डोपिंग शायद आधुनिक खेलकूद जगतको सबैभन्दा ठूलो चुनौती समेत हो । विशेषज्ञहरु यो बिषयमा धेरै नै संवेदनशील र सजग देखिए पनि विश्वब्यापी रुपमा यसको न्यूनीकरण झनै चुनौतीपूर्ण बन्न थालेको पछिल्ला घटनाक्रमहरुले देखाएको छ।

विभिन्न चिकित्सकीय अध्ययनबाट निकालिएका निष्कर्ष अनुसार डोपिंगको उद्देश्य साधारण रहेको छ । यसको मद्दतले मानिसको क्षमतामा कृतिम रुपले निक्कै फेरबदल हुने गर्छ।

डोपिंगका कारण शरीरले कृतिम रुपमा शक्ति आर्जन गर्ने गर्छ । जसका कारण शरीर तुलनात्मक रुपमा साधारण अवस्थामा भन्दा अधिक शक्तिशाली र क्षमतावान बन्ने गर्छ । शक्तिबर्द्धक औषधिको सेवनले शरीरमा रहेका मांसपेशीहरुलाई तयार गर्ने हार्मोन उत्तेजित अवस्थामा आउँछ । जसका कारण रगतमा हुने रातो रक्त कण निर्माणमा बृद्धि भएर शारीरिक क्षमता उच्च हुने गर्छ । जसको प्रत्यक्ष फाईदा खेलाडीहरुले लिने गरेको पछिल्ला विभिन्न घटना र तथ्यहरुले देखाएको छ ।

डोपिंग शायद खेलसम्बद्ध सबैभन्दा ठूलो चुनौती हो । विशेषज्ञहरु बितेका केही दशकयता यसको समाधान निकाल्ने कोशिशमा लागि परेका भएता पनि अहिलेसम्म कुनै ठोस समाधान निकाल्न सकेका छैनन् । डोपिंगको मद्दतले मानिसको अनुवान्शिक बनावटमा धेरै फेरबदल गर्न सकिन्छ । जसका कारण शरीरको मांसपेशीहरु पहिलेको तुलनामा वृद्धि हुनुका साथै शक्तिशाली र चुस्त बन्ने गर्दछ । यो बिशेषगरी खेलाडीहरुलाई आफ्नो क्षमता बृद्धि गर्न सहयोग सिद्ध हुने गर्दछ । जसको प्रयोगका कारण खेलाडीले आफ्नो शरीरमा अत्यधिक अक्सिजन प्राप्त गर्छ र लामो समयसम्म थकान महसूस गर्दैनन् ।

गम्भीर प्रश्न-

सन् २००३ मा वल्र्ड एन्टी—डोपिंग एजेन्सी (वाडा) ले जीन डोपिंगलाई प्रतिबन्धित घोषणा गरेसँगै यसको प्रयोगमा कडाई भएको थियो । वाडाका अनुसार यो तरिका अनुचित हुनुका साथै खेलाडीहरुका लागि घातक पनि हुनसक्ने निष्कर्ष निकालेका थिए। शरीरमा ईपीओ जीनका कारणले अतिरिक्त इकाई उत्पन्नमा ब्यापक बृद्धि भएर रातो रक्त कोशिकाहरु निर्माण अत्यधिक हुन गई शरीरमा रगत बाक्लो भएर ह्दयघातको खतरा समेत हुने उल्लेख छ । खेलाडीहरुले अप्राकृतिक रूपमा शक्ति सञ्चित गर्ने भएकाले वाडाले डोपिंगलाई प्रतिबन्धित घोषणा गरेसँगै यसको प्रयोगमा कडाई समेत गरिदैं आएको छ । वाडाका अनुसार यो तरिका अनुचित हुनुका साथै खेलाडीहरुका लागि घातकसिद्ध हुने निष्कर्ष निकालेको थियो ।

बहसको बिषय
खेलाडीको सन्दर्भमा भने यो विषय प्रतिस्पर्धासँग जोडिएको हुन्छ । आफूलाई अव्वल सावित गर्न खेलाडीहरु जस्तोसुकै चुनौतीलाई पनि पार लगाउन कम्मर कसेका हुन्छन्। विशेषत शक्ति खपत हुने खेलका लागि मानसिक भन्दा शारारिक क्षमता पनि दुरुस्त हुनु आवश्यक हुन्छ । त्यसैकारण शारारिक रुपमा आफूलाई दुरुस्त र अव्वल बनाउन उचित खानपिनका साथै वैधानिक रुपमा नै बन्देज गरिएको शक्तिबद्र्धक औषधितिर पनि आकर्षित हुने गरेको अध्ययनहरुले देखाएको छ।

त्यस्तो गर्नाले शरीरमा रहेका मांसपेशीहरुलाई तयार गर्ने हार्मोन उत्तेजित अवस्थामा आउँछ र रगतमा हुने रातो रक्त कणको निर्माणमा समेत ब्यापक बृद्धि हुन्छ । मांसपेशी र शारीरिक क्षमतालाई अप्राकृतिक रुपमा वृद्धि र क्रियाशील गराउने भएकोले नै यो पद्धति खेलाडीहरुमा बन्देज गरिएको हो ।