माया प्रेममा कुनै मधुर धुन


काठमाडौं ।

गायिका मेलिना राईको स्वर र गीतकार दीपा राई पुनको शब्द रचनामा कुनै मधुर धुन बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। गीतकार राईकै युट्युब च्यानलबाट सार्वजनिक आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहको संगीत रहेको छ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा एसराज गराच र रक्षा थापाले अभिनय गरेका छन्। विभिन्न रमणीय स्थानमा छाया“कंन गरिएको गीतको भिडियोमा माया प्रेममा रहेका जोडीको प्रेमका विभिन्न क्षणलाई प्रस्तुत गरिएको छ।

भिडियोमा दिनेश पराजुलीको छायाँकन र विकास पराजुलीको सम्पादन रहेको छ।