दरबारमार्गमा कुटिए बालेनका समर्थक 


काठमाडौँ। 

काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन साहका समर्थक कुटिएका छन्।  संविधान दिवसको अवसरमा अपराह्न ४ बजेबाट सुरु भएको ‘नेसनल डे कन्सर्ट’मा सहभागी हुन पुगेका बालेनका समर्थक  कुटिएका हुन्।  

त्यहाँ ती समर्थकले बालेनको पक्षमा नारा लगाएका थिए। त्यसलगत्तै उनीमाथि  केही युवाहरूको समूहले हातपात गरेको बताइएको छ। 

कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको तर उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा राष्ट्रिय झन्डासहित सहभागी भएका छन्। कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहने बताइएको छ । 

कार्यक्रमस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

यसअघि इन्द्रजात्रामा पनि बालेन समर्थकहरु वसन्तपुरबाट पक्राउ परेका थिए ।