दरबारमार्ग कन्सर्ट : काठमाडौंमा ट्राफिक डाइभर्सन


काठमाडौँ।

दरबारमार्गमा हुने कन्सर्टकाे लागि काठमाडौंमा ट्राफिक डाइभर्सन गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कन्सर्ट अवधिभरका लागि लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्णपाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ डाइभर्सन गरिएको छ ।

भोटाहिटीबाट जमलतर्फ, ठमेलस्थित सञ्चयकोषबाट केशरमहलतर्फ, सामाखुसीबाट लैनचौरतर्फ, नारायणगोपाल चोकबाट खानी विभागतर्फ डाइभर्सन गरिएको छ ।

कन्सर्टमा सहभागी हुन आउने भीभीआईपी/भीआईपीहरूको गाडी पार्किङका लागि निर्वाचन आयोग, केशर पुस्तकालय, राहदानी विभाग र संग्रहालय दक्षिणगेटमा राख्ने व्यवस्था गरिएको छ ।

अन्य सर्वसाधारणका लागि टुँडिखेल, सुन्धारा, धरहरा, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, काठमाडौं भ्युटार, नेपाल स्काउट, संचयकोष भवन, सानोगौचरण, खानी विभाग र प्रर्दशनीमार्ग सडकमा राख्ने व्यवस्था गरिएको छ ।