चौँरी प्रकृतिको सौन्दर्य हो भने प्रकृति चौँरीको सहारा

1.79k
Shares

चरिकोटले सधैँ चिहाइरहन्छ शैलङुलाई । म रेडियो शैलुुङको न्युज डेक्समा बसेर हरेक समय शैलुुङलाई नियालिरहेको हुुन्छु। ३ हजार १ सय ४८ मिटरको उचाइमा रहेको शैलुुङका सय थुम्काको रमणीय दुुश्यले नै जन्माएको थियो ‘शैलुुङको सूर्य’ साप्ताहिक पत्रिका र त्यही नामबाट ‘रेडियो शैलुुङ’को नामाकरण भयो।

पत्रिका र रेडियोको नाम राख्ने श्रेय लेखक एवम् एमाले नेता प्रदीप नेपाललाई जान्छ । खरीढुुङ्गाको फेरो मार्दै चरिकोट आउने क्रममा प्रसिद्ध लेखक प्रदीप नेपाल (सञ्जय थापा) ले शैलुुङको थुुम्काहरुमा साँझको विश्रामी प्रकाशका किरण उज्यालिएको देखेर भावनाका भेलमा ‘शैलुुङ’ नाम छोडिदिएका थिए। हामीले त्यसलाई टपक्क टिपेर पत्रिका र रेडियोमा जोडिदियौं।

यो एउटा संयोगमात्र हो। असार–साउनको वर्षाती मौसममा चौँरीले पुच्छर उचाल्दै जीउ पर्साउँदा शैलुुङका थुम्काहरुका दुुबोमा टल्किएको हरियाली प्रकाशका किरणसँगै रमाइरहेका हुुन्छन् पर्यटक। अझ चौँरीको पुुच्छर हेरेर याकले हुुँकार गर्दा आउने आवाजका तरङ्गले साँझमा गुँडतिर लम्किरहेका मुनाल, कालिजहरुलाई तर्साएको दृश्यले कम्ती लोभ्याउँदैन पर्यटकलाई ।
कालिन्चोकको थुम्काबाट घरी शैलङुका थुम्काहरु त घरी कुरीमा टहलिएका चौँरीको लर्को नियालेर शिव–पार्वतीले कानेखुशी गरेको पौराणिक कथाको आडमा अहिले पनि त्यस भेगका चौँरीपालक किसानहरु हुुरी, झरी र हिउँका छिर्कासँग पौँठेजोरी खेल्दै रमाइरहेका छन्।

चन्द्रमाको सम्मुख देखिने बादलुको मसिना धर्साले आकाशको सौन्र्दय बढाएको हुुन्छ । त्यसै गरी हिउँका तप्केनीमा चौँरीको लर्को गन्तव्यतिर लम्किएको दृश्यले पृथ्वीको सौन्र्दय बढाएको छ। त्यसैले त चौँरी प्रकृतिको सौन्दर्य हो । प्रकृति चौँरीको सहारा हो । प्रकृतिलाई उर्वर, हराभरा राख्न चौँरीको प्रत्येक पाइलाका डोबहरुको महत्व छ । चौँरीलाई जीवन दिन प्रकृतिका हरियाली उर्वरता आवश्यक छ । चौँरी र प्रकृति परिपूरक छन्, एक–अर्कोमा।

पुराना कम्युनिस्ट नेता लालकुमार केसी दोलखाको उत्तरी दुुर्गम गाउँमा जन्मिएका हुुन् । चीनसँगको सिमाना लप्चीतिर चौँरीको बथान हेर्दै हुर्किएका उनले प्रकृतिसँगको चौँरीको नातालाई बडो नजिकबाट नियालेका छन् । समयले आधुनिकताको फेरो मार्दै गर्दा चौँरीको बथान जलवायु परिवर्तनको कोपभाजनमा परेको तीतो यथार्थसँग पीडाबोध गरिरहेका छन् उनी ।

चरिकोटको सातदोबाटो चोकमा एक साँझ भएको भेटमा लाल दाइ (लालकुमार केसी) ले चौँरीका बथान लप्चीबाट तिब्बतका चरणक्षेत्र उक्लिएका र साँझतिर उग्राउँदै गोठतिर झरेको रमिते संस्मरण सुनाउँदा मेरा मनमा गुजुल्टिएको शब्दका भावनाहरु चौँरी खेद्दै दैनिकी गुुजार्ने शेर्पा समुुदाय (चौँरी पालनमा अधिकांश शेर्पा समुुदायका किसानहरु आबद्ध रहेकोले यो जात विशेष उल्लेख गरिएको हो, दोलखालगायतका क्षेत्रमा अन्य जात विशेषले पनि चौँरी पालन गरेको तथ्य भुुलिएको छैन) का किसानको मेहनतमा नतमस्तक बनेका थिए।

लाल दाइले त्यही बालापनको संस्मरणका चौँरी–प्रकृति साइनोलाई आधुनिक विकासको रफ्तारमा ओझेल पर्न नदिन कालिन्चोक याक एन्ड एग्रो फरेस्ट्री टुुरिजम रिसर्च सेन्टर लि. स्थापना गरेर चौँरी पालन, संरक्षण र संवर्द्धन अभियान चलाइरहेका छन्।
लाल दाइको स्वभाव पनि अचम्मको छ । विकास संस्कृतिलाई आफ्नो पहिचान बनाउन चाहने उनले २०५४ सालतिर तत्कालीन जिल्ला विकास समिति दोलखाको सभापति हुुँदा जिल्लालाई रिङरोडले घेर्ने भनेर ग्रामीण सडक निर्माण अभियान अघि बढाए। उनकै पालामा अघि बढेको दोलखा–सिँगटी सडकले अहिले चौँरी खेद्ने लामाबगर, लप्ची, फलाक हुँदै चीनको तिब्बतलाई छिचोल्दै छ।

चौँरीको सम्बन्ध चीनसँग छ र चीनको सम्बन्ध दोलखासँग छ। चीनको क्वांग प्रान्तमा नियोलिथिक कालदेखि नै चौँरी पालन गरिँदै आएको इतिहास छ। विश्वमा झन्डै दुुई करोड याक, नाक र चौँरी रहेकोमा एक करोड तीस लाख जति त चीनमै रहेको तथ्यांकमा देखिन्छ।

चीनको तिब्बततिरबाट चौँरी खेद्दै फलाक र लप्ची नाकाबाट दोलखाको लामाबगर भित्रिएका धेरै चिनियाँहरुले दोलखालीसँग प्रेमका, भावनाका र छिमेकीका नाता जोडेका छन् । अनि लप्ची, लामाबगर, ना, बेदिङ, बिगुुतिरबाट चीनको तिब्बतमा याक, नाक, चौँरी र चौँरीको दूधबाट उत्पादन हुुने घिउ, छुर्पीलगायतका वस्तुु निर्यात हुुने क्रम पनि जारी नै छ।

याक, नाक र चौँरी पालनको लागि पानी, घाँसको संरक्षणले प्रकृतिको सुुन्दरता र परिस्थितिकीय प्रणाली (इकोलोजी) दुरुस्त राख्न निकै टेवा पुुगेको थियो । समयक्रममा हिमपात, पानी, शीत सबै कुरा प्रकृतिले ग्रहण गरिरहेकी हुुन्थिन् । विस्तार मानव अतिक्रमण बढ्दै गयो । जीविकोपार्जनका लागि मानिसले आधुनिक प्रविधि प्रयोग गर्न लागे र परिस्थितिकीय प्रणालीसँग खेलबाड हुुन लाग्यो ।

कालिन्चोकको थुम्काबाट घरी शैलङुका थुम्काहरु त घरी कुरीमा टहलिएका चौँरीको लर्को नियालेर शिव–पार्वतीले कानेखुशी गरेको पौराणिक कथाको आडमा अहिले पनि त्यस भेगका चौँरीपालक किसानहरु हुुरी, झरी र हिउँका छिर्कासँग पौँठेजोरी खेल्दै रमाइरहेका छन् ।

यसको एउटा साक्षी म पनि छुु । मेरो बालापन चरिकोटको ढिस्का र बुट्यानछेउमा उभिएर गौरीशङ्करको सेताम्य हिउँ हेर्ने र पुुस–माघमा घरको बार्दलीबाट हिउँको तप्केनी हत्केलामा थापेर रमाउने क्रमसँग बितेका हुुन् । तर, अब त्यो समय छैन । बार्दलीबाट हिउँको तप्केनी हत्केलामा थाप्ने कुरा उबेलाको कहानी बनिसकेको छ।

अनि गौरीशङ्कर हिमालमा सेताम्य हिउँ हैन, कालो बन्दै गएको पत्थर टल्कन लागेको छ। त्यति मात्र हैन, प्रत्येक शनिबार चरिकोटको लामाचौरमा लाग्ने हाटमा चौँरीको सेरगेम र छुर्पी किन्न आमालाई गनगन गर्दै सुका–मोहर फकाएर दौडन्थेँ भन्दा अहिलेको पुस्ताले आश्चर्य मान्ने अवस्था बनेको छ।

अब त चरिकोटको लामाचौरमा चौँरीको सेरगेम, छुर्पी, घिउजस्ता परिकार मात्र हैन शनिबारको हाटसमेत लोप भइसकेको छ। चरिकोट सातदोबाटो आसपास शनिबारे हाटका केही अवशेष त देखिन्छ तर त्यहाँ अर्ग्यानिक दुग्ध परिकार र सागसब्जीहरु पाउन छोडिएको छ।

लाल दाइको चौँरीमोह व्यवसायसँग मात्र जोडिएको छैन, उनी लप्चीबाट तिब्बतको चरण क्षेत्रमा उक्लने चौँरीको बथान खोजिरहेका छन् । कालो बन्दै गएको गौरीशङ्करको पत्थरमा सेता भुुवादार हिउँको थाक खोजिरहेका छन्। त्यसैले परिस्थितिकीय प्रणालीको एउटा मियो, परम्परागत चौँरी पालन व्यवसायलाई दुरुस्त राख्ने जिजीविषाका अकाट्य पक्षलाई पछ्याइरहेका छन्।

दोलखा दुुग्ध उद्योगको नेतृत्व गरिरहँदा उनले दोलखा जिल्लामा कति याक, नाक र चौँरी होलान् भनेर खोजी गरेका रहेछन्। झन्डै १५–२० वर्षअघिसम्म पनि दोलखामा १५ हजारभन्दा बढी याक, नाक र चौँरी थिए रे ! तर अहिले यो संख्या पाँचदेखि सात हजारको बीचमा खुम्चिएको छ। बागमती प्रदेश दुुग्ध विकास बोर्ड, हेटौंडाले चौँरी व्यवसायको विषयमा तयार गरेको एउटा प्रतिवेदनमा देशभरिको उच्च पहाडी तथा हिमाली भूूभाग रहेका २२ जिल्लामा दुुई लाख याक, नाक र चौँरी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यो तथ्याङ्कमा बागमती प्रदेशका जिल्लाहरुमा सबैभन्दा बढी चौँरी भएको जिल्ला दोलखा भनी उल्लेख छ।

लाल दाइको अभियान भने देशभरिमै सबैभन्दा बढी चौँरी भएको जिल्ला दोलखालाई बनाउने रहेछ । उनको अभियानमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाअन्तर्गतको परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (ईबीए) आयोजनाका कार्यक्रमहरुले साथ दिएको छ ।

परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (ईबीए) का दोलखा जिल्ला संयोजक विनोद थापा भन्दै थिए– जलवायु परिवर्तनका कारण दोलखामा परापूूर्वकालदेखिको चौँरी पालन व्यवसाय सङ्कटमा परेको छ। चौँरी र प्रकृतिको सम्बन्धलाई जीवन्त राख्न परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबीए–दुुई) ले दोलखाको शैलुुङ, गौरीशङ्कर र कालिन्चोक गाउँपालिका तथा जिरी नगरपालिकाको केही वडाहरुमा चरनक्षेत्रको पुनर्स्थापना, गोठ सुधार, संरक्षण पोखरी निर्माणलगायतको लागि सहयोग गरेको संयोजक थापाले सुनाए।

असारे झरीको झटारो खान एक बिहान पर्यटन तथा होटल व्यवसायी हरि ओलीसँग हामी (पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, दिलबहादुर केसी र म) प्रकृति र संस्कृतिको सङ्गम थलो कालिन्चोकको ३ हजार ८ सय ४२ मिटर उचाइको टापुतिर उक्लिएका थियौँ । कालिन्चोकको कुरी र टुुट्वानमा चौँरीको लागि नयाँ परम्परागत गोठहरु बनेको देखियो ।

टुट्वानको एउटा गोठमा टुुसुुक्क बसेका ६६ वर्षीय तुले थामी पारि चौरमा चर्दै गरेको चौँरीलाई खै गर्दै थिए । हाम्रो जमातले एकैछिन् तुले थामीलाई बिल्ला हान्यो । अनि गोठको प्रशंसा गरेर चौँरी पालनको विगत कोट्यायौँ । झन्डै १५ वर्षअघिबाट चौँरी पालन व्यवसाय शुरु गरेका तुुले दाइ (तुले थामी) लाई ईबीएले गोठ निर्माणमा एक लाख रुपियाँ सहयोग गरेको रहेछ।


डुुब्दै गएको चौँरी व्यवसायमा इबीएको सहयोग यमको अमृत कुण्डजस्तै बनेको भन्दै स्वस्थानी व्रत कथाको सार सुनाएर मजैले हाँसे तुुले दाइ । ‘१५ वर्षदेखि चौँरी खेद्दै कुरी र टुुट्वान गर्दै छुु, ईबीएको सहयोगले चौँरी पालन निकै सहज हुुँदै छ’ –फेरि धक फुकाएरै हाँसे तुले दाइ । बेमौसमी वर्षा र हिमपातले पोखरीको अभाव, चरन क्षेत्रको अभाव, गोठको टन्टाजस्ता समस्या झेल्दै आएका तुले दाइ ईबीएको सहयोगले चौँरी व्यवसाय फस्टाउने र हिउँ–पानीमा समस्या नहुुने तर्क गर्छन् । तुले दाइको तर्क र खुशीले हामीलाई उत्साहित बनायो । अनि हामीले परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (ईबीए) कार्यक्रमलाई धन्यवाद दियौँ । ईबीएले दोलखाको दुुर्गम गाउँहरुमा बाली जोगाउन परम्परागत काँडे बार, खेतबारी जोगाउन पर्खाल, चौँरीको लागि गोठ, संरक्षण पोखरी, चरन क्षेत्रलगायतमा सहयोग गरेको रहेछ।

वातावरण जोगाउँदै जलवायुु परिवर्तनको क्रमलाई न्यून गर्न लाल दाइ, तुले दाइ, ईबीए कार्यक्रमजस्ता स–साना अभियानका अभियन्ताहरु प्रमुुख हुुन्छ । त्यसैले हामी सबै जलवायुु परिवर्तनको क्रमलाई न्यून गर्दै, हिउँका भुवादार स्पर्शले रमाएर लप्चीबाट तिब्बतको गन्तव्य पहिल्याउँदै अघि बढ्ने चौँरीको बथान हेर्ने परिकल्पनामा यी अभियन्ताहरुसंँग हातेमालो गर्ने हो कि !