लोकभाकामा नरोउ है आमा


काठमाडौं ।

गीतकार डा. शिव सुवेदीको शब्द रचनामा नरोउ है आमा बोलको लोकगीत सार्वजनिक गरिएको छ। विशेषगरी लोक र लोकदोहोरी गीतमा कलम चलाउँदै आएका डा. सुवेदीको यो गीत उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्द समेटिएको गीतमा अस्मिता डल्लाकोटीको स्वर, नन्दु परियारको संगीत र पूर्ण संयोगको संगीत संयोजन रहेको छ।

गीतमाथि निर्माण गरिएको म्युजिक भिडियोमा गायिका डल्लाकोटीलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ भने उनको साथमा अभिनेत्री हिउवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले अभिनय गरेका छन्।

कपिल लामाले निर्देशन गरेको म्युजिक भिडियोमा छायांकन राजेश घिमिरेको र सम्पादन शिव पौडेलको छ।