नेपाल परिवार नियोजन संघको ६५ औं स्थापना दिवस कार्यक्रम गरी मनाइयो

940
Shares

काठमाडौं ।

सुसूचित छनौट सहितको परिवार योजना सेवाः प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा भन्ने मुल नाराका साथ परिवार योजना दिवस मनाएकाे छ ।

११ औं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६५ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा हामी सबैसँग खुशी बाँड्न चाहन्छौँ र सरोकारवाला सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ भन्दै संका कार्यकारी निर्देशक डा.प्रविण शाक्यले नेपाल परिवार नियोजन संघले जिल्ला शाखाका प्रतिनिधिहरुसहित सरोकारवाला निकायको उपस्थितिमा संघको स्थापना र उद्देश्यमाथि प्रकाश पार्द दिवस मनाएकाे हाे ।


उनले नेपाल परिवार नियोजन संघले ६५ वर्षअघि नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार योजन दिवस मनाउने निर्णय गरेअनुसार संघले बुधबार विभिन्न कार्यक्रमहरू आयोजना गरी “ ११ औं राष्ट्रिय परिवार योजना दिवस तथा ६५ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस” मनाइयो भने।

संस्थाका अध्यक्ष हिमाल कसजुले कार्यक्रमको उद्घाटन गर्दै दिवसका अवसरमा यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार हरेक व्यक्तिको समान मानव अधिकार हो भन्दै तालिम संचालन गरि कार्यक्रमको शुरुवात गरिएको जानकारी गराए ।

उहाँले सबै वर्गले यसको निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य उद्देश्यका साथ स्थापित ने.प.नि. संघ अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्य संघका रुपमा वि.सं. २०१६ सालमा स्थापना भएको हो । संघ नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अगुवा संस्था हो । जसले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाहरूको अधिकांश हिस्सा ओगटेको छ । देशका ७७ जिल्लामध्ये ३१ वटा जिल्लामा अवस्थित संघका सेवा केन्द्रहरूले देशका ७ सय ५३ नगर तथा गाँउपालीका मध्ये ३ सय ५० नगर तथा गाँउपालीकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्फत विशेषगरी सेवा–सुविधाबाट वञ्चित, अल्पसंख्यक, सीमान्तीकृत तथा जोखिमसमुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवाहरू पु¥याइरहेको छ । संघका ८० प्रतिशत भन्दा बढी सेवाग्राहीहरू यही समुदायका रहेका छन् भने ।


तथ्यांक अनुसार संघले सन् २०२३ मा करिव ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवाहरु प्रदान गरी करिब १ लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यू, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पु¥याएको थियो । राष्ट्रीय सुरक्षित गर्भपतन सेवामा संघले १४ प्रतिशत योगदान पुर्याउदै आइरहेको छ । साथै संघले, यौन तथा प्रजनन सेवाबाट कोही पनि बञ्चित हुननपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा संचालन गर्देआइरहेको छ । संघले आगामी वर्षमा थप ४ लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

संघले कुनैपनि विपद् तथा महामारीको अवस्थामा पनि प्रभावित जनसमुदायहरू माझ न्युनतम आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलव्ध गराउँदै आइरहेको फोकल पर्सन जमुना सिटौलाले जानकारी गराए । उनले भने, २०८० मा जााँजरकोटका भुकम्प प्रभावित क्षेत्रमा ४६ वटा घुम्ती स्वास्थ्य शिविरहरू सञ्चालन गरी १५००० व्यक्तिहरूलाई ५५,६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवम् आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको थियो ।

संघले विपदको बेलामा गरेको यो उत्कृष्ट सेवालाई कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदर पत्रले सम्मान गरेका थिए । दिवसका अवसरमा डा. ईश्वर उपाध्यायले विभिन्न शाखाका प्रतिनिधिहरुलाई यौन शिक्षा, नवजात शिशु तथा बाल मृत्युको अवस्था, विपद्मा कसरी सेवा दिने लगायतका बिषयमा तालिम तथा प्रशिक्षण दिएका थिए ।

ले नेपालमा नवजात शिशुहरु जन्मेको पहिलो महिनाको पहिलो हप्ता पहिलो २४ घण्टामा बढी मृत्यु हुन्छन् भन्नुभयो । यसको प्रमुख कारणमा नवजात शिशुलाई तापक्रम नपुग्नु, खाना नपुग्नु र स्वास प्रस्वासमा समस्या आउँनु प्रमुख कारण रहेको रहेकोछ । मृत्यु हुने नवजात शिशुहरु ठूलो संख्यामा घरमै मृत्यु हुने गरेको तथ्यांकले देखाएकोछ । यो मृत्यु घटाउँन सुत्केरी र नवजात शिशुको अवस्थाको बारेमा घरमै गै स्वास्थ्य परिक्षण गर्नुपर्ने उनले बताए ।

त्यसैगरी गर्भवती तथा सुत्केरी आमाको मृत्युको प्रमुख कारणहरुमा पहिलो समयमा निर्णय लिन नसक्नु, पहिलानै कहाँ बच्चा जन्माउँने र त्यो स्वास्थ्य संस्थामा पुग्ने समय, यातायातको साधन, सहयोगीको व्यवस्थापन नहुनु, स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, उपकरण लगायतको सुविधा नहुनु रहेको पनि उनले औल्याए । डा. उपाध्यायले यस्तै समस्याका कारण सुत्केरी आमाको मृत्युको ५७ प्रतिशत अस्पतालमा मृत्यु हुन्छ भने २६ प्रतिशत घरमा र १७ प्रतिशतको बाटोमै मृत्यु हुने गरेको बताए।

त्यसैगरि बच्चा जन्मदा हुने कमन समस्यामा स्वास प्रस्वास रहेकोछ । बच्चा जन्मेको एक मिनेटमा स्वास प्रस्वासमा आएको समस्या समाधानका लागि आवश्यक अक्सिजन लगायतको सेवा प्रवाह गर्न सके बच्चालाई बचाउँन सकिन्छ । यस्ता बिषयमा विशेष तालिनम र ज्ञानको आवश्यकता पर्दछ उनले भने । कार्यक्रममा प्रशिक्षक उपाध्याय, विशेष अतिथि एडना मोईका लगायतलाई संस्थाका अध्यक्ष कसजुले टोकन अफ लभ प्रदान गरेका थिए ।
संघको सन् २०२३ देखि २०२८ सम्मको लागि नयाँ रणनीतिक योजना
संघले सन् २०२३ देखि २०२८ सम्मको लागि नयाँ रणनीतिक योजनाहरू निर्धारण गरेकोछ जसमा परिवार नियोजनका साथसाथै व्यक्ति केन्द्रीत सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत बृद्धिबिकाश र दिगोपना जस्ता चार मुख्य स्तम्भहरु रहेका छन् । यी चार स्तम्भमा आधारीत यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रमहरू अगामी ५ वर्षसम्म विस्तार गर्दे नेपाल सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पु¥याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ ।
बिगत ५ वर्षमा राष्ट्रीय स्तरमा संघबाट उपलब्ध सेवाको तथ्याँक
सन् २०१७ मा ३० लाख ९४ हजार
सन् २०१८ मा ३० लाख ६० हजार
सन् २०२० मा ३२ लाख ४५ हजार
सन् २०२१ मा ३५ लाख ९७ हजार
सन् २०२२ मा ३८ लाख ६० हजार
सन् २०२३ मा ३५ लाख ९६ हजार
संघबाट प्रदान गरिने एकिकृत यौन तथा प्रजनन स्वास्थ्य सेवाहरु

परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, स्त्रीरोग,(पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा समेत) गर्भवती जाँच सेवा, बाँझोपना, यौन संक्रमण तथा एच. आई. भी परीक्षण तथा परामर्श सेवा, लैंगिक हिंसा तथा खोप सेवा र अन्य प्रजनन स्वास्थ्य सम्वन्धि परामर्श तथा सेवाहरु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा सेवाको जानकारीका लागि नेपाल परिवार नियोजन संघले निःशुल्क हेल्प लाइन सेवा १६६००१४५००० संचालन गरिरहेको छ ।

नेपाल परिवार नियोजन संघको ६५ औं जन्म दिवसको अवसरमा संघ, सम्पूर्ण स्वयम्सेवक, कर्मचारी, साथी शिक्षक, महिला स्वास्थ्य स्वयम्सेवीका, नेपाल सरकार, साझेदारी संघसंस्था, दातृ निकाय, पत्रकारहरु तथा संघका समस्त सेवाग्रहीहरुमा शुभकामना व्यक्त गरेको थियो ।

६५ वर्षदेखि सबैको सुस्वास्थ्य र सेवामा समर्पित, गुणस्तरीय परिवार योजना सेवाको विस्तार: प्रजनन स्वास्थ्य सुधारको मुख्य आधार, गुणस्तरीय परिवार योजना सेवाको विस्तार: जनसंख्या व्यवस्थापनको मुख्य आधार,गुणस्तरीय परिवार योजना सेवा छनौटको अधिकार:प्रजनन स्वास्थ्य सुधारको मुख्य आधार लगायतका स्लोगन राखेर दिवस मनाएकाे हाे ।