लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित


काठमाडौं ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।

युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१.२ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाएको थियो ।

यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।