रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

4.61k
Shares

काठमाडौं ।

अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

यस अघि आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका रिक्की अब २०२५ आइपिएल सिजनका लागि पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

रिक्की पञ्जावको पछिल्लो सात सिजनमा छैटौं मुख्य प्रशिक्षक बनेका छन् । उनी केहि महिना अघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाव किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । २०१४ मा उप विजेता बनेको पञ्जाव त्यसयता प्लेअफमा पुग्न समेत सकेको छैन ।

आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जावलाई नयाँ स्वरुपमा ल्याउन रिक्कीका अगाडी चुनौती देखिएको छ । पञ्जावका कप्तान शिखर धवनले हालै सन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती रहेको छ ।

रिक्की पोन्टिङ पहिलो सिजनदेखि नै आइपिएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आइपिएल खेलेका थिए । उनले २०१३ मा सिजनको बिचमा नै मुम्बईको कप्तानी छोडेका थिए । त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ / २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।