गायक हेमन्त शर्माको आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

चर्चित गायक हेमन्त शर्माले दशैंको नँया गीत सार्वजनिक गरेका छन् ।

गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् ।

उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् ।

नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् । प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको प्रि– मिक्सिङ्ग कमल थापा मगर गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ्ग भने स्मायस्वेत रसाईलीले गरेका हुन् ।


मौसम हिमालीले निर्देशन गरेको उक्त गीतको मुख्य अभिनयमा गायक शर्मा, रजनी गुरुङ, डाेना थापा मगर लालना चिमरिया, एलिश राई लगयातलाई देख्न सकिन्छ । गीतको भिडियो गायक शर्माकै युट्युवच्यानल हेमन्त शर्मामार्फत संगीत बजामा आएको हो ।