कल्ली बन्दै सौगात


काठमाडौं ।

रेड वर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म कल्लीमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्।
निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा बुलाकीका निर्देशक लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ।

फिल्ममा पटकथा र संवाद महेश दवाडीको रहनेछ। फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुने निर्माण समूहले जानकारी गराएको छ। फिल्म तिहारपछि कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गरिने निर्देशक सुनारले जानकारी गराए।