आइफोनले खिचिएको फिल्मको प्रिमियर


काठमाडौं ।

आइफोनबाट खिचिएको फिल्म ए प्लेस अन्डर द सन हालै राजधानीमा प्रिमियर शो गरिएको छ।
फिल्ममा तीन जना बाल्यकालदेखि मिल्ने साथीको कथा देखाइएको छ। क्राइम जनरामा निर्मित फिल्म आइफोन–१४ प्रो म्याक्सले खिचिएको हो।

फिल्म जेसन लोप्चनले निर्देशन गरेका हुन्। वान स्क्वाड फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा मीन घलान, मीरा गुरुङ, प्रवेश एमसी, विप्लब गौली, अंशु शर्मा, प्रज्ज्वन पौडेललगायतले अभिनय गरेका छन्।

‘आइफोनले खिचिए पनि यसमा ठूला फिल्मको जस्तो दृश्यको गुणस्तर कायमै छ। कहीं कतै पनि फोनले खिचिएको महसुस हुँदैन’ फिल्मका छायांकार प्रविण लिम्बुको दाबी छ।

निर्देशक लोप्चनले आइफोन–७ ले खिचिएको हलिउड निर्देशक स्टिभन स्पिलवर्गको फिल्म अनसेन हेरेपछि आइफोनले फिल्म खिच्ने अवधारणा बनेको बताए।