धादिङबाट गाँजासहित तीन जना पक्राउ

282
Shares

धादिङ ।

धादिङको गजुरीबाट प्रहरीले गाँजासहित तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीले धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय वृद्धिलाल तामाङ तामाङ र सोही वड़ाका ३२ वर्षीय सिताराम तामाङ र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय शिशु योन्जन २६ किलोग्राम अबैध लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले विशेष सुराकीको आधारमा गजुरी बजारबाट काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ४५२९ नम्बरको यात्रुवाहक बसबाट उनीहरूलाई २६ किलो ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


प्रहरीका अनुसार पक्राउ परेकाहरूको जिल्ला अदालत धादिङबाट १२ दिन म्याद लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।