वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्बिरहरु)


काठमाडौँ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइएको छ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा पर्व मनाइन्छ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्य रुपमा मनाइने गरेको छ।

मंगलबार दिउँसो काठमाडौँको वसन्तपुरमा मनाइएको इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोल लगायत विशिष्ट सहभागी भएका छन्।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

तस्बिर : अनिल आङ्देम्बे