नागरिक प्रतिवेदन सार्वजनिक

1.03k
Shares

काठमाडौँ ।

गैरसरकारी संस्था महासङ्घ (नागरिक समाज सङ्गठनहरू) ले नागरिक प्रतिवेदन (स्पटलाइट रिपोर्ट) सार्जजनिक गरेको छ ।

महासङ्घद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा सो प्रतिवदेनसहित बालबालिकासँग सम्वन्धीत प्रतिवेदन पनि सार्वजनिक गरेको हो ।

महासङ्घका उपाध्यक्ष भावना भट्टले दिगो विकास लक्ष्यको उद्देश्य अनुसार कोही नछुटुन्, कोही पछि नपरुन भन्ने सिद्धान्त पछ्याउँदै गैरसरकारी संस्था महासङ्घमा आवद्ध ५० सङ्घ संस्थाले महिला, बालबालिका, सिमान्तकृत वर्गको शिक्षा, स्वास्थ्य, रोजगार, मानवअधिकार लगायतका क्षेत्रमा अध्ययन,छलफल र परामर्श गरेर सो प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो ।

नेपाली ५० फोरमले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा व्यापक परामर्श गरी यस प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

यस प्रक्रिया अन्र्तगत दलित समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, जातीय अल्पसंख्यकहरू (राजी, मुसहर आदि), महिला, मुस्लिम महिला समूह, महिला किसान, युवा र लैङ्गिक यौनिक अल्पसङ्ख्यकको अवस्था र समस्यालाई प्राथमिकतामा राखिएको छ ।

सो समुदाय र वर्गका अवस्थाबारे गरिएको अध्ययनमा गरिबी, शून्य भोक, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन, शान्ति, न्यायलगायतका विषयमा अध्ययन गरिएका छन् ।