तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न जरुरी छ : मन्त्री अधिकारी


काठमाडौं । 

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले  किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको  बताएका छन् । काठमाडौँको  बल्खु स्थित  कृषि तथा तरकारी बजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको  जीवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले  लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन् भने ।

  आफूले मन्त्रालयको  जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था , दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरको  उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको  बजारीकरणमा कुनै समस्या किसानले  भोग्न नपरोस् भन्ने  आफ्नो चाहना रहेको  बताए ।

 तरकारीमा विषादीको  अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले  यसलाई न्यूनीकरण गर्न जरुरी रहेको  बताए । विषादी न्यूनीकरणका लागि किसान दाजुभाइलाई मन्त्री अधिकारीले  आग्रह पनि गरे । किसान र सम्बन्धित निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने  भएकाले  यो  खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताए ।  

किसानको  उत्पादन सहर  सम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै  कृषि बजारहरूको आवश्यकता  रहेकोमा  पनि मन्त्री अधिकारीले  जोड दिए ।