काठमाडौं ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यको सम्झौता भएको छ।
सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमलगायत समावेश छन्। सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्गनिर्देशन समेत गरिएको छ। सम्झौतामा बनेपामा फिल्म स्टुडियो निर्माणदेखि जिल्लामा सिनेमाको स्तरोन्नतिका योजनासमेत समेटिएका छन्।
सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चार मन्त्रालयले आफू मातहतका अन्य निकायसँग समेत सम्झौता गरेको छ।
प्रतिक्रिया