धोबी खोलाले बगायो ट्याक्सी‚ चालकको उद्धार


काठमाडौं ।


काठमाडौँ देवीनगरस्थित मदन भण्डारी कलेज अगाडिको पुलबाट खसेको एउटा ट्याक्सी खोलाले बगाएको छ।

ट्याक्सीचालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामाको उद्धार गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले काठमाडौँ उपत्यकाका नदी तथा खोलामा ठूलो बाढी आएकाले नदी किनाराका बासिन्दालाई सावधान रहन अनुरोधसमेत गरेको छ।