बोलेरो जीप दुर्घटनामा दुई जनाको मृत्यु

3.95k
Shares

दोलखा ।

दोलखाको गौरीशङ्कर गाउँपालिकामा आईतवार भएको बोलेरो जीप दुर्घनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

दोलखाको उत्तरी सिंगटी बजारबाट गौरीशङ गाउँपालिका जाँदै गरेको बा २० च ७२६६ नम्बरको बोलेरो जीप आईतबार साँझ ५ बजेतिर वडा नम्बर– ४ झ्याकुको कोठेडाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घनामा गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ३ झ्याकुकी ७५ वर्षीय काली शेर्पा र करिब ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

दुर्घनामा चालक सहित चार जना घाईते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते तीन जनाको सिंगटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।