काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

71.72k
Shares

काठमाडौं ।

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ ।

सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब आठ महिनामा नै परियारको सरुवा गरिएको छ । परियार गत माघमा महानगरमा आएका थिए ।

परियारको सरुवा भएसँगै काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई पठाइएको छ ।