बाजुरामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे 

6.3k
Shares

बाजुरा। 

 बाजुरामा पछिल्लो समयमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । गत साउन महिना यता भाइरल ज्वारोका बिरामी आइरहेका थिए । रगत जाँच गर्दा डेङ्गु र स्क्रब टाइफसका बिरामी पनि देखिएका छन्,जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले भने । 

 हिमाली जिल्लामा मच्छर हुदैन थिए र डेङ्गुको लक्षण पनि देखिँदैन थियो  । पछिल्लो समयमा “मच्छर बढेसँगै डेङ्गुका बिरामी पनि बढेका छन्। भदौ महिनामा मात्र १०-१२ जना डेङ्गु र स्क्रब टाइफसका लक्षण भएका बिरामी देखिएका छन् । उनीहरुलाई अस्पतालमा भरना गरी उपचार भैरहेको छ,” सूचना अधिकारी गिरीले भने  ।

  भदौ महिनामा भाइरल ज्वरोका बिरामी पनि बढेका छन् । भाइरलको प्रकोप जिल्लाभरि छ । तर सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा धेरै देखिएको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा डेङ्गु किड्स छैन त्यसैले  विराम यकिन गर्न पनि नसकिएको अवस्था छ ।

     ज्वरो आउने, घाँटी दुख्ने खोकी लाग्ने वाकवाकी लाग्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखा पर्छन् । अहिले जिल्लाभरी भाइरल ज्वरोको प्रकोप बढेको छ।  सुदूरपश्चिम  प्रदेश सरकारले  अहिलेसम्म बजेट  ल्याउन सकेको छैन । त्यसको सिधा सीधा असर बिरामीलाई परेको छ । बजेट प्राप्त भए आवश्यक  औषधि लगायत  किड्सहरु र उपकरण किन्न सजिलो हुन्थ्यो । बजेट केकति आउने हो थाह छैन। अत्याआवस्यकताका आधारमा  उधारो औषधि खरिद गरेर काम चलाई रहेकाछौं, सूचना अधिकारी गिरीको भनाई छ ।  साधानश्रोतको सिमितालाई मध्यनजर गरी औषधीमुलोको ब्यबस्थापन तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  भाइरल बिरामीको चाप भने बढ्दै गएको छ ,उनको भनाई छ । 

    ज्वरो आउने, टाउको दुख्ने , खोकी लाग्ने  छाती दुख्ने गर्छ, तिनदिन सम्म त उठ्नै सकिँदैन भाइरस ज्वरोको उपचार गराउन आएका गौमुल तिनका दिनेश रोकायाले भने । एकजना बिरामी परे पुरै परिवार छरछिमेक सबैलाई सर्दो रहेछ , घरका कोही बाँकी छैनौं उनले भने ।  बडिमालिका नगरपालिका वडा नं आठ थापाबाडाकी मन्दरी थापालाई पनि स्क्रबटाइफस पोजेटिभ देखिएको छ। दश दिन सम्म ज्वरोले थला परेपछि बल्ल मेडिकल आइन् । मेडिकलमा रगत चेकजांच गर्दा स्क्रब टाइफस देखियो । 

 भाइरल ज्वराका बिरामी त दिनकै सय बढी  बिरामी आउँछन् रगत चेकजांच गर्दा तिन दिन यता ८जना डेङ्गो र ४जना स्क्रब टाइफसका बिरामी देखिएका छन् । स्क्रब टाइफसका रोग उपियाँले टोक्दा लाग्छ, घरआँगन  पानी पँधेरो लगायत ओछ्यान सफा नराख्दा उपियाँ फैलिनछन् उपियाले टोक्दा यो रोग लाग्छ आर्सी मेडिकल बाजुराका सञ्चालक रामचन्द्र यादवले भने । हिजो आज बिरामीको चाप बढेकोछ । कहिलेकही त राति पनि सुत्न पाईदैन मेडिकलमा पनि  चाप बढेको छ । मेडिकल सञ्चालक यादवले भने । 

 भाइरस ज्वरो अत्यधिक छ , दिनमा सय बढी बिरामी उपचार गराउन आँछन् भाइरस ज्वरो एक सरुवा रोग हो, मार्तडी बजारभरि भाइरस ज्वराका बिरामी छन् । सङ्क्रमित विद्यार्थीलाई केही दिन स्कुल नपठाएर उपचार गराउनु पर्छ। तर यहाँ बालवालिकालाई सकिनसकी स्कुल पठाउँछन् स्कुलका प्राय कालवालिका  सङ्क्रमित छन्,यादवले भने । भाइरल ज्वरोका विरामीले जिल्ला अस्पतालका बेड भरिभराउँछन् । मेरो दिपेशले चार दिन भयो खाना खाएको छैन, शरीर पोलिने गरी ज्वरो फुट्छ दिपेशका बुवा रनबहादुर थापाले भने । 
 
तिन वर्ष यता स्क्रब टाइफसका र डेङ्गु बिरामी देखिएका हुन् ।  जापानी ईन्सफलाईटीस् (डेङ्गु) बिशेषगरी मच्छरका टोकाईबाट सर्छ भने स्क्रब टाइफस उपियाको टोकाईबाट सर्छ । जिल्लाका अन्य  स्वास्थ्य सेवा केन्द्र भन्दा जिल्ला अस्पतालमा पछिल्लो समयमा भौतिक संरचचना लगायत  औषधि उपकरण र केही दक्षा जनशक्ति छन्। रोग पत्ता लगाउन सजिलो भएको छ । ग्रामिण्म क्षेत्रका स्वास्थ्यकेन्द्रमा भने समस्या उस्तै छ स्वास्थ्यकर्मीहरुको भनाई छ ।  

      जिल्लाका चार पालिका लगायत छिमेकी जिल्ला हुम्ला र मुगुको पायक पर्ने बुढिनन्दा नगरपालिकाको कोल्टी आधारभूत अस्पतालमा दैनिकजसो १५-२० जना भाइरल ज्वरोका बिरामी आउँछन् । यद्यपि  जिल्ला स्वास्थ्य कार्यालयबाट पाउनु पर्ने  डेङ्गु किड्स नपाउँदा डेङ्गुका बिरामी यकिन गर्न नसकेको कोल्टी अस्पतालका ल्याब टेक्निसियन भुवन जोशीले बताए । प्रदेशबाट आउनु पर्ने किड्स बजेट अभावले प्रदेश अस्पताल नै अलमलमा होला हामीलाई किड्स खरिदगरेर कहाँबाट देवस्,  टेक्निसियन जोशील भने ।