टेलिभिजनदेखि बलिउडसम्म यात्रा गरेकी बलिउड सुन्दरी राधिका मदानलाई आजको दिनमा कुनै किसिमको परिचयको जरुरत छ्रन्। सन् २०१४ मा उनले टेलिभिजन शो मेरी आशिकी तुम से हीबाट करियर शुरू गरेकी थिइन् र आज बलिउड फिल्म तथा सीरीजबाट नाम कमाइरहेकी छन्।
राधिका मदानलाई सधैं फिल्म खेल्नु थियो। त्यसैले टेलिभिजनपछि उनले कतिपय फिल्मका लागि अडिसन दिइन्। तर उनी सेलेक्ट भने हुन सकिनन्। पटाखा र अंग्रेजी मिडियाले भने उनको भाग्य नै बदलिदियो। यी फिल्ममा उनले गरेको अदाकारी कामले मानिसको ध्यान उनीतिर खिचिन पुग्यो। जबकि त्यसअघि उनले एक नराम्रो अडिसनका कारण फिल्मबाट हात धुनु परेको थियो। राधिकाले हालैको एक अन्तर्वार्तामा खुलासा गरेकी छन् कि करण जौहरको फिल्म स्टूडेन्ट अफ द ईयर २ का लागि अडिसन दिन गएकी उनी त्यसमा सेलेक्ट हुन सकिनन्। राधिकाका अनुसार सो फिल्मको अडिसन दिन उनी यती धेरै एक्साइटेड और नर्वस थिइन् कि उनले दिन रात यसकै लागि तयारी गरेकी थिइन्। तर अडिसन अघि नै उनी बिरामी परेकी थिइन्।
‘मलाई एउटा ठूलो अडिसन मिलेको थियो। त्यो स्टुडेन्ट अफ द इयर २ का लागि थियो। त्यसका लागि मैले धेरै नै तयारी गरेको थिए“। त्यो दुई पेजको सिन पनि थिएन’ फिल्मफेयरसँगको अन्तर्वार्तामा राधिकाले भनेकी थिइन् ‘तर मैले धेरै नै ज्यादा तयारी गरेको थिए“। मैले त्यो सिन निद्रामा समेत पढेको थिएँ। मैले यति धेरै तयारी गरेँ कि म बिरामी नै परेँ। त्यसका कारण मैले जिन्दगीको सबैभन्दा नराम्रो अडिसन दिन पुगेँ।’
त्यो खराब अडिसनपछि राधिकाले त्यसलाई सबकका रुपमा लिइन् र अगाडिका दिनमा बिना डर परेशानी जिउने पैmसला गरिन्। त्यो फिल्मको ठिक दुई हप्तापछि उनलाई पटाखाका लागि अडिसनको मौका मिल्यो। त्यो विशाल भारद्वाजको फिल्म थियो। राधिकालाई यो फिल्मबाट कुनै आशा थिएन। विन्दास भएर अडिसन के दिएकी थिइन्, फिल्मका लागि उनी सेलेक्ट भइन्। अंग्रेजी मिडियममा पनि त्यस्तै भयो।
प्रतिक्रिया