राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र र सुसनलाई गिनिज प्रमाणपत्र हस्तान्तरण


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रमाणपत्र हस्तानतरण गरेका छन्।

सुरेन्द्र र सुसनले विश्वमै पहिलोपटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गराएका हुन्।

उनीहरुले गत जेठ ६ गते सोलुखुम्बुस्थित काला पत्थरमा ५ हजार ४ सय ४१ मिटर (१७,८५१ फिट) सो कीर्तिमान हासिल गरे थिए। उनीहरूले त्यहाँ मन मगन बोलको गीतमा साढे दुई मिनेटसम्म नृत्य गरेका थिए। सो कार्य नेपाललाई विश्वमा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको थियो।

‘हामीले यो कीर्तिमानी प्रयास हिमाली क्षेत्रको संरक्षण, जैविक विविधता, र नेपालको पर्यटनको प्रवद्र्धनका लागि गरेका हौँ” उनीहरुको भनाई छ। सुरेन्द्र र सुसनलाई विभिन्न कलाकारका साथमा फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए।

सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको स्वीकृतिमा गरिएको कीर्तिमान कार्यक्रम गिनिज वर्ल्ड रेकर्ड्सका नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा सम्पन्न भएको थियो।