नेपालदृष्टिविहिन कल्याण संघको ३७ औँ अधिवेशन सम्पन्न

1.6k
Shares

धुलिखेल ।

नेपालदृष्टिविहिन कल्याण संघ केन्द्रीय सभाको ३७ औ अधिवेशन एक समारोहकाबीच काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यान्जुले दीप प्रज्वलन गरि र उपप्रमुख निराजन जंगमले घण्टी बजाएर संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

मेयर व्यान्जुले ३७ औँ सभामा उद्घाटन मन्तव्य राख्दै उत्कृष्ट काभ्रे शाखालाई कार्यक्रमका प्रमुख अतिथि मेयर अशोक व्यान्जु र विशेष अतिथि उपमेयर निराजन जंगम लगायतका अतिथिले शाखाका सभापति पूर्ण बहादुर कार्कीलाई सम्मान गरे ।कार्यक्रममा आजिवन सदस्य, संस्थालाई योगदान गर्नुहुने संस्थापकहरू, उत्कृष्ट विद्यार्थी, संस्था लगायतलाई प्रमुख अतिथि लगायतले सम्मान गरे ।

प्रमुख अतिथि व्यान्जुले सामाजिक संस्थाहरूले दृष्टिबिहिनहरूको उत्थानका लागी महत्वपूर्ण भूमिका खेलेको छन् । धुलिखेल नगरपालिकाले कुन क्षेत्रमा कुन बर्ग पछाडि परेको छ र उनीहरूको उत्थानको लागी परिषदनै गठन गरी १करोड रूपैयाँको कोष बनाई सीप विकासका क्षेत्रमा खर्च गरेका छौ । यो कार्यक्रमबाट १ हजार ८ सय जनाले तालीम लिई ६ सय जना रोजगारीमा लागी सके । धुलिखेल नगरपालिकामा १३ प्रतिशत गरिबी रहेको थियो हाल ३ दशमलभ ६ प्रतिसत झरिसकेको बताए ।
उहांले धुलिखेललाई अपांग मैत्री बनाउंदै गरेको पनि जानकारी गराए ।

उनले अब धुलिखेल नगरपालिकामा बन्ने सरकारी भवन अपांग मैत्री बनाउने र हरेक होटलमा एउटा कोठा अनिवार्य रूपमा हुनुपर्ने नियम बनाईसकेको बताए ।उनले धुलिखेलमा आगामी दिनमा १ करोड ५० लाखमा अपागंमैत्री टेर्ल बनाउँदैछौँ भने । स्वास्थ्य, शिक्षा, सरसफाईका क्षेत्रमा यो नगर उत्कृष्ठ बनाउने पहल गर्दैछौ । यसका लागी सबैको उत्तीकै साथ र सहयोगको खांचो रहन्छ मेयर व्यान्जुले भने ।

सोही अवसरमा धुलिखेल नगरपालिकाका संस्थापक मेयर बेल प्रसाद श्रेष्ठले बिगतमा खानेपानीको अभावका कारण झण्डै धुलिखेल सदरमुकाम हुनबाट बन्चित भएको थियो । तर धुलिखेलका बासिन्दाको एकता अथक प्रयास र खोजीकै कारण आज धुलिखेलमा पानीको अभाव छैन र पर्यटकका लागी होटल, अस्पताल, सुध्द पिउनेपानी, काठमाडौ विश्वबिधालय लगायतले सुन्दरता मात्र थपेको छैन बिश्वसामु पहिचान दिन सफल भएकोछ भने ।

काभ्रे शाखाकाका सभापति पूर्ण बहादुर कार्कीले काभ्रेको सन्जीवनी उच्च माबिमा दृष्टीबिहिनहरूका लागी बिध्यालय पहिलोपटक शुरू गरेको जानकारी गराए । कार्यक्रममा नेपाल दृष्टिबिहिन कल्याण संघका महासचिव पवन घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३६ लाख ऋण ललितपुर, कैलाली र कास्कीमा लगानी गरेकोमा कतिपय ऋणीको मृत्यु भैसकेको र कति आर्थीक समस्यामा रहेका कारण उठाउन कठीन भएको र अनुगमनको खांचो रहेको बताए ।

सोही अवसरमा उपप्रमुख निराजन जंगम, पूर्व उपाध्यक्ष कमल रूपाखेती, काभ्रे शाखाका सभापति पूर्ण बहादुर कार्की,जिल्ला शाखा काभ्रेकी पुण्यवती घले, सघका केन्द्रीय महासचिव पवन घिमिरे , केन्द्रका उपाध्यक्ष चण्डेश्वरानन्द वैध, केन्द्रीय अध्यक्ष तीर्थराज वन्त लगायतले सामाजीक संस्थाले सरकारलाई सहयोग गर्ने कुरामा जोड दिए ।

सोही अवसरमा आजीवन सदस्य,उत्कृष्ट शाखा धुलिखेल, केशावती मास्के अपांगता उत्कृष्ट सेवा पुरस्कार २०७४ बाट पोखराकी शर्मिला बिश्वकर्मालाई प्रमुख अतिथि ब्याजुले प्रदान गरे। सोही अवसरमा रोटरी क्लव अफ काष्टमण्डपका तर्फबाट १५ जनालाई छात्रबृति, पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बिभिन्न ९ वटा बिधामा अपागंता भएका तथा दृष्टिविहिनहरूलाई पुरस्कृत गरिएको थियो ।