सहकारीबारे प्रष्टपार्न बुटवलमा कल्याणकारी सहकारीको साधारण सभा प्रशिक्षण गरी मनाईयो

1.13k
Shares

बुटवल ।

बुटवलमा संचालित कल्याणकारी बहुउद्देयीय सहकारी संस्थाले पछिल्लो समयमा सहकारीहरुलाई हेर्ने द्धष्टिकोणमा देखा परेको शंका उपशंकालाई प्रष्टपार्न साधारण सभालाई प्रशिक्षणका रुपमा मनाएको छ ।

सहकारीले आफ्नो २४ औं वार्षिक साधारण सभालाई भाषणवादबाट मुक्त गरी सहकारी विज्ञद्धारा शेयर सदस्यहरुलाई सहकारीको अवस्था , शेयर सदस्यले गर्नु पर्ने काम कर्तब्य अधिकार ,संचालक र कर्मचारीको कामको वारेमा करिव २ घण्टा प्रशिक्षण प्रदान गरेको हो ।

जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव तथा सहकारी विज्ञ प्रशिक्षक दामोदर पंगेनीले समग्र देशको सहकारीको अवस्था , रुपन्देहीमा संचालित सहकारीको अवस्था र कल्याणकारी बहुउद्देयीय सहकारीको अवस्थाका वारेमा शेयर सदस्यहरुलाई प्रष्ट हुने गरी जानकारी गराउनु भएको थियो ।

महासचिव पंगेनीले सहकारीका शेयर सदस्यले लिएको कर्जाको प्राप्त व्याज नै सहकारीको आम्दानी हुने र सोही आम्दानी शेयर सदस्यका लागि नाफा हुने भएकाले लगानीको असुलीमा शेयरसदस्यहरु चनाखो हुनु पर्ने बताउनु भयो । सहकारीहरु शेयर सदस्यका लागि जन्मदा, मृत्युमा, वृद्ध हुदां आर्थिक रुपमा समस्या पर्दाका साथी भएकाले सहकारी संस्थालाई बन्द गराउन षडयन्त्र गर्नेहरुसंग सजक हुन जरुरी रहेको पनि उहाँले बताउनु भयो ।

नेपालमा ३१ हजार सहकारी संस्था रहेकोमा ५ प्रतिशत भन्दा कम सहकारी संस्थाहरुमा समस्या रहेको भन्दै जिल्ला तहमा दर्ता भएका भन्दा पनि केन्द्र र प्रदेशमा दर्ता भै शाखा विस्तार गरेका केही सहकारीका कारण समस्या उत्पन्न भएको खुलासा गर्नु भयो ।

उहाँले अस्वाभाविक रुपमा प्रतिफल दिने लोभ देखाउने सहकारीहरुसंग सचेत रहन र त्यस्ता सहकारीहरुसंग कारोवार नर्गन पनि सुझाव दिनु भयो । कार्यक्रममा कल्याणकारी बहुउद्देयीय सहकारी संस्थाका अध्यक्ष लक्ष्यमण आचार्य क्षेत्रीले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष क्षेत्रीले सहकारी ऐनको व्यवहारमा पालना गर्न शेयरसदस्यहरुलाई आग्रह गर्नु भयो ।

साधारण सभाले अध्यक्ष आचार्य , कोषाध्यक्ष टंक कुमार खडका, लेखा समिती संयोजक बालुराम गिरीको प्रतिवेदन छलफल गरी पास गरेको सचिब कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो । सोही अवसरमा सहकारीका जेष्ठ सदस्य र ७० वर्ष पुरा भएका सदस्यहरुलाई सम्मान गरिएको उपाध्यक्ष दोल राम पाण्डेले बताउनु भयो ।