स्थानीय सरकारले के गर्छ ?

0
Shares

स्थानीय नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिले सञ्चालन गर्ने सरकार स्थानीय सरकार हो । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको नेतृत्व तहमा निर्वाचित जनप्रतिनिधिले सोही स्थानीय तहका जनतालाई दिने सेवा, विकास, सुरक्षा र प्रशासनिक कार्यसमेत स्थानीय सरकारको अधिकारभित्र पर्छन् ।

संघीय सरकारको सामान्य नियन्त्रण र निर्देशन भए पनि तोकिएको विषयमा आफ्नो क्षेत्रभित्र स्थानीय सरकारको पूर्ण अधिकार र उत्तरदायित्व हुने गर्दछ । केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारबीच समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछ ।

एउटा देशमा केन्द्रीय सरकार एउटा मात्र हुन्छ भने स्थानीय सरकार एकभन्दा बढी हुने गर्छन् । नेपालमा ७५३ स्थानीय सरकार सञ्चालनमा छन् । नेपालमा संघीय संविधान २०७२ निर्माणपश्चात संघीय संरचनाअन्र्तगत केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार सञ्चालनमा छ । जसमा १ संघीय, ७ प्रदेश र ७५३ स्थानीय सरकार पर्दछन् ।

स्थानीय सरकारको आवश्यकता

स्थानीयस्तरमा जनचाहनाअनुरुप आवश्यकता पूर्ति गर्न ।
स्थानीय नेतृत्वको विकास गर्न ।
स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न ।
स्थानीय साधन स्रोत, सीप, प्रविधि, क्षमता एवं अनुभवको अधिकतम परिचालन गर्न ।
लोकतन्त्रको स्थानीय स्तरदेखि नै संस्थागत विकास गर्न ।
स्थानीय जनतामा राजनीतिको व्यावहारिक ज्ञान वृद्धि गर्न ।
स्थानीयस्तरका योजना व्यवस्थापन (योजना पहिचान, तर्जुमा, कार्यान्वयन, अनुगमन, प्रतिफल बाँडफाँट) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन ।
शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवद्र्धन गर्न ।
जनतालाई स्थानीयस्तरमा नै सेवा सुविधा उपलब्ध गराउन ।
स्थानीय तहबाट नै सुशासनको स्थापना गर्न ।