एनएसआरए इलाइट र बंगलाबीच फाइनल


काठमाडौं ।

तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियनसिप २०२४ मा शनिबार पुरुष टिम इभेन्टमा एएसआरए र बंगला टिम ए फाइनलमा पुगेका छन् ।

नेपालका शीर्ष खेलाडी सहभागी टिम एनएसआर इलाइटले पहिलो सेमिफाइनलमा एनएसआरए राइजरलाई २.० ले हराउँदा दोस्रो सेमिफाइनलमा बंलादेशको टिम ए ले बंगला टिम बी लाई ३.० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास हलमा एनएसआरए इलाइटका लागि अरहन्त केशर सिंह र अमिर ब्लोनले जित हात पारे ।

अरहन्तले पासाङ ब्लोनलाई ११.५, ११.५, ११.७ र अमिरले विकास तुम्सिङ मगरलाई ११.९, ११.३ र ११.६ ले पराजित गरे । त्यसैगरी बंगलादेशका दुई टिमबीच भएको खेलमा शाहदत हुसनेले मोहम्मद अमिमुल इस्लाम आसिकल, अल महमुद अपनले मोहम्मद साइमुन इस्लाम र कर्मल हुसनेले सायोकोट जुनेद अहमदलाई निराश पारेका थिए ।