बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमालेको स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै मनपरी बोल्ने केटो को संज्ञा दिएका हुन् ।

ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है १ त्यो सँग जनमत छ अरे १ डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौं नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडी भने-बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भन्दै भ्रम चलाइन्छ। त्यसकारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।

‘नलढी कोहीँ हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने- ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्कोपटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि १ बलियाले हात छाड्दैन् । अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ ।

लड्नुपर्‍यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौं कसरी ? उनले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाई थियो ।