कुपण्डोलमा भासियाे सडक


काठमाडौं ।

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ।

शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडक भासिएरपछि पानी निस्किएको हो।

अकस्मात सडक भासिँदा एक जना घाइते भएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले सडक मुनिबाट लगिएको मेलम्चीको पाइप फुटेर पानी निस्किएपछि सडक भासिएको जानकारी दिए।

सडक भासिएपछि कुपण्डोल क्षेत्रमा जाम भएको छ। सवारी व्यवस्थापनका लागि त्यहाँ नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन्।