युनाइटेड उपाधिको छिनोफानो हुँदै 

रामपुर रड्स र वातासिनाे याेङ्गस्टार आमने सामने

2.44k
Shares

नवलपरासी ।

युनाइटेड गाेल्डकप फुटबल प्रतियोगिताको ३८ओैं उपाधिका लागि हुप्सेकाेटकाे गिरूबारी खेलमैदानमा शनिवार  छिनोफानो हुदैछ ।

प्रतियोगितामा आफ्ना प्रतिष्पर्धिहरूलाई सुरु देखि हराउँदै फाइनलमा पुगेका चितवनको रडस रामपुर र वातासिनाे याेङ्गस्टार,कावासोती उपाधिका लागि आमने सामने भएका हुन् ।

जिल्ला बाहिर देखि जिल्ला भित्रका घरेलु दर्शकलाई प्रतिस्पर्धी दुबै टिमका खेलाडीले आफ्ना रोमाञ्चक खेल कसाैल देखाउने अपेक्षा गरिएको छ ।

त्यसै गरी मुलुकको खेलकुद बिकासमा काेशेढुङ्गा मानिने माेफसलकाे खेल हेर्न अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेवाङ्ग सहित  पदाधिकारी टोली नवलपुर आउने खेल संयोजक हरि थापा मगरले बताए ।

प्रतियोगितामा विजयी भई उपाधि हात पार्ने टिमले २ लाख ५० हजार नगद सहित प्रमाणपत्रले सम्मानित हुनेछ ।

त्यसै गरी उप बिजेताले १ लाख ५० हजार नगद,सेमिफाइनलबाट बाहिरिएका २ टिमले २०/२० हजार बुझ्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलकिपर,सर्वाधिक गोलकर्ता र अनुशासका धनी टिमले ८/८हजार हात पार्नेछन् ।