आत्मघाती गोलले हारबाट जोगियो अल नासर


काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो ।

अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो । उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो । त्यस्तै अल अहलीका लागि खेलको ५४औ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो । यो खेलपछि ३ खेलमा ५ अंक भएको छ । त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ ।