ओलम्पियाडमा विवेक थिङले जर्मनका निक्लसलाई हराए


काठमाडाैं ।

नेपाली बुद्धिचाल खेलाडी विवेक थिङले ४५औँ चेस ओलम्पियाडमा शुक्रबार जर्मनीका निक्लसलाई हराएका छन् ।

२१ मध्ये २० सदस्यीय नेपाली टोलीले हंगेरीको भिसा नपाएपछि थिङ मात्र ओलम्पियाडमा सहभागी भएका हुन् । उनी अस्ट्रेलियाबाट सीधै प्रतियोगितामा सहभागी भए । हंगेरिको बुढापेस्टमा थिङले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक रिङ एक्स्पो क्लासिकमा लिएका हुन् ।

पाँच महिला तथा चार पुरुषले हंगेरीको भिसा प्राप्त गर्न नसक्दा बिहीबार भारतको नयाँदिल्लीबाट नेपाली टोली स्वदेश फर्केका छन् । पहिलो चरणमा थिङले जर्मनका हाहन निक्लसविरुद्ध प्रतिस्धर्पा गरेका थिए । हंगेरी चेस संघको आयोजनामा ९ देखि २१ सेप्टेम्बरसम्म ओलम्पियाड हुनेछ । एक्स्पो क्लासिकमा ११ राष्ट्रका दुई अन्तर्राष्ट्रिय मास्टर, दुई क्यान्डिडेट मास्टरसहित २६ अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको छ ।

नेपालका थिङसहित अमेरिका, जर्मन, इटाली, रोमानिया, डेनमार्क, युक्रेन, हंगेरिया, पर्सिया, घाना, नाइजेरियाका खेलाडीहरू प्रतिस्पर्धामा छन् । नेपालका उच्च २२८२ रेटड सिएम थिङ शीर्ष खेलाडीमा छन् । उनले व्यक्तिगत १८ रेटिङ बढाए पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने सम्भावना छ ।

थिङले दोस्रो चरणमा हंगेरीका बाकल बेन्ससँग प्रतिस्पर्धा गर्नेछन् । ४५औँ ओलम्पियाडमा भाग लिन एक सय ९७ राष्ट्रले आवदेन दिएका थिए । तर, समान २० राष्ट्रका पुरुष तथा महिला खेलाडीले हंगेरीको भिसा प्राप्त गर्न नसक्दा प्रतिस्पर्धा गर्न पाएनन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा ९० मिनेट ३० सेकेन्डको इन्क्रिजमेन्ट क्लासिकल खेल निकै स्तरीय हुने गर्छ । नेपालका थिङलाई आयोजकले दर्ता शुल्क फ्री गरेको छ । पहिलो स्थान हात पार्न सके उनले तीन सय ७५ युरो पुरस्कार प्राप्त गर्नेछन् ।