१ किलो २ सय ६० ग्राम सुन जस्तो पदार्थ बरामद


काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका यात्रु जाँच पासबाट १ किलो २ सय ६० ग्राम सुन जस्तो पदर्थ बरामद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले आगन्तुक को ब्यागेज पुन: चेकजाँच गर्ने क्रममा १ किलो २ सय ६० ग्राम प्याकेजसहित सुन जस्तो पदार्थ बरामद गरेकाे हाे ।

थाइ एयरमार्फत बैंकक बाट आएकी महिला यात्रु वर्ष ३७ कि भारतीय नागरिक सुमित्रा देबि लक्ष्मण रामलाई समेत नियन्त्रणमा लिइएको छ ।

अर्ध तरल अबस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अबस्थामा सो पदार्थ बरामद भएको हो । उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरी बृत्तमा बुझाइएको छ ।