बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

5.83k
Shares

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजीनामा पत्र दर्ता गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ‘मन्त्रालयमा राजीनामा पत्र दर्ता गराएको छु,’ छोटो प्रतिक्रिया दिने क्रममा उनले भने, ‘आफूले सोचे जस्तो भएन ।’

स्वास्थ्य बिमा कार्यक्रम देश व्यापी भए पनि राम्ररी सञ्चालन हुन सकेको छैन । बिमा कार्यक्रमबारे गुनासाहरु आइरहँदा अध्यक्षको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले स्वास्थ्य बीमालाई हल्का लिएको बीमाको ठूलो रकम तीर्न समस्या आएको विषयमा सरकारले आवश्यकता अनुसार नसघाएका कारण बमा योजनाका बिज्ञ चिकित्सक डा. लोहनीले राजीनामा दिनुपर्ने अवस्था आएको वोर्डका एक सदस्यले जानकारी गराए ।