संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

2.44k
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसदमा पार्टीले गरिरहेको अवरोधकाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकले संसद अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफुहरुको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए । सभामुखले रुलिंग गरेको विषय संबिधान र शान्ति सम्झौता बमोजिम नआएको बताउदै आफुहरु निरेपक्ष रुपमा शब्दको पछि नलागेको र सिंगो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताए ।

बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गरेको थियो र संसदको बैठक स्थगित भएको थियो ।

बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको भएपनि १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेकोनिष्कर्ष निकालेको पाण्डेले बताए ।