हरिमाया पुन र नबिन रानाको ‘सलल झाम्रे’ गीत सार्वजनिक (भिडियाेसहित)


काठमाडौं ।

नेपाली संगीत बजारमा मौलिक झाम्रे गीत सार्वजनिक भएको छ । गायक नबिन राना र गायिका हरिमाया पुन काउचाको आवाजमा रहेको ‘सलल झाम्रे’ बिहीबार संगीत बजारमा सार्वजनिक भएको हो ।


उक्र झाम्रेको शब्द सृजना तथा लय संकलन भने जीत बहादुर मगरले गरेका हुन् । बिहीबार टाइगर फिल्म नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त मौलिकता झल्कने खालको छ । आफ्ना बाउ बाजेको पालादेखि नै प्रचलित भाका ‘सलल झाम्रे’ लाई संरक्षण गर्ने उद्देश्यले उक्त गीत बजारमा ल्याइएको गायिका हरिमाया पुन काउचाले बताइन् ।

हाम्रो पुर्खा, बाउ बाजेको पालाको भाका हो । ‘उहिले देखि नै प्रचलित यो भाका संचरक्षण गर्ने उद्देश्यसहित हामीले गीत बजारमा ल्याएका छौं । यो मौलिक भाकालाई सबैले माया गरिदिनुहुने छ भन्ने अपेक्षा पनि छ’, गायिका पुनले भनिन् ।
उक्त गीतको संगीत संयोजन एचबिएन किस्मतले गरेका हुन् । वान्डीवी एचडि नेक्स्ट लेभल स्टुडियोमा तयार भएको यो गीतको रेकडिष्ट आकाश नेपाली र राज खड्काले गरेका छन् । याम गुरुङले निर्देशन गरेको उक्त गीतको मुख्य अभिनयमा पनि याम गुरुङ, केशु पुन, रवि वाइवा, आरोही काउचा लगायतलाई देख्न सकिन्छ ।