पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ


काठमाडौं ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको प्रहरीले जनाएको छ।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कील जनाएको छ।