जिल्ला समन्वय समितिमा पहिलो पटक ५२ जना इञ्जिनियर पठाइयो, को-कहाँ ? (सूचीसहित)

अब समन्वय समितिको भूमिका प्रभावकारी हुने अपेक्षा

15.04k
Shares

काठमाडाैं ।

सरकारले ५२ वटा जिल्ला समन्वय समितिमा एकै पटक ५२ जना इञ्जिनियरलाई खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक ५२ जिल्ला समन्वय समितिमा ५२ जना इञ्जिनियर पठाएको हो ।

इञ्जिनियरीङ सेवा जनरल समुहका ती इञ्जिनियरहरु केहि दिन अघि मात्रै लोकसेवा आयोगको परीक्षा उतीर्ण गरी आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भएका थिए । लोकसेवा आयोगबाट सिफारिस भई आएका उनीहरुलाई मन्त्रालयले ती समन्वय समितिमा पदस्थापन गरेको हो ।

जिल्ला समन्वय समितिले लामो समयदेखि इञ्जिनियरको अभावमा प्रभावकारी काम गर्न सकेको थिएन् । सबै जिल्ला समन्वय समितिमा इञ्जिनियरको दरबन्दि रहेको भएपनि सरकारले हालसम्म त्यहा कुनै पनि इञ्जिनियरलाई पठाउन सकेको थिएन् । संविधानले दिएको अधिकार अनुसार जिल्ला समन्वय समितिले सो जिल्लामा रहेका सबै स्थानीय तहले गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका महत्वपुर्ण कार्यको अनुगमन गरी सबै स्थानीय तहलाई आवश्यक निर्देशन दिएर जिम्मेवार बनाउन र थप प्रभावकारी काम गराउन सक्छ ।

तर जिल्ला समन्वय समितिले इञ्जिनियरको अभावमा लामो समय देखि सो कार्य गर्न नसक्दा धेरै जिल्ला समन्वय समितिहरु नै निश्प्रभावी बन्दै आएका थिए । अब इञ्जिनियरहरु खटाइएसँगै ती जिल्ला समन्वय समितिले प्रभावकारी कार्य गर्न सक्ने विश्वास मन्त्रालयका अधिकारीहरुले गरेका छन् । कतिपय जिल्ला समन्वय समितिमा उपसचिवहरु जान नमान्दा खरिदार र सुव्वाले निमित्त जिल्ला समन्वय अधिकारीको रुपमा काम गर्दै आएका थिए । अब इञ्जिनियर खटिएसँगै समन्वय अधिकारी नहुदा समेत ती इञ्जिनियरले नै जिल्ला समन्वय अधिकारीको रुपमा शसक्त भुमिका निर्वाह गर्न सक्ने मन्त्रालयका अधिकारीको भनाई छ ।
इञ्जिनियरहरु को- कहाँ खटिए (सूचीसहित)