रुख बिरुवाको संरक्षण सँगै सामुदायिक वनभित्र हलेदो खेती गरी आम्दानी बढाउँदै

6.96k
Shares

बुटवल ।

बुटवल उपमहानगरपालिका १० रामनगरमा सञ्चालित श्री रामनगर सामुदायिक  वन उपभोक्ता समूहले रुख बिरुवाको संरक्षण सँगै सामुदायिक वन भित्र रहेको खाली जग्गा अथवा हाई टेन्सन लाइनको ठिक मुनीको जग्गाको पनि सदुपयोग गदै त्यहाँबाट पनि आम्दानी गर्न सुरु गरेको छ ।   

सामुदायिक वनले उक्त जग्गामा हलेदो खेती गरी जिल्लामै नमुनाका रूपमा स्थापित हुने अभियान सञ्चालन गरेको छ । भनिन्छ गरेपछि के हुँदैन भने कुराको रामनगर सामुदायिक बनले पुष्टि गरेको अध्यक्ष रुद्ध बहादुर हमालले बताउनु हुन्छ । रामनगर बनसँगै जोडिएको राष्ट्रिय अनुसन्धानको वन क्षेत्रको २ बिगाहा क्षेत्रफलमा बेसार उत्पादनका लागि हलेदो खेती गरिएको छ ।

यो हेरनुत कति लोभलाग्दो देखिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिकाको बिउ विजनको सहयोगमा हलेदो खेती सुरु गरी आय आर्जनको लागी नयाँ कामको सुरु गरेको अध्यक्ष हमालले बताउनु भयो ।

बिस २०६४ सालमा सामुदायिक वनको रूपमा स्कृत पाएको यस वन ले बनमा रहेका रुख बिरुवाको संरक्षण र उपभोक्तालाई चाहिने काठ दाउराको पनि  व्यवस्थापन सँगै हाई टेन्सन लाइनको  ठिक मुनीको जग्गामा हलेदो खेती गरेको बताउनु हुन्छ । 

५सय ६४ जना उपभोक्ता रहेको वनबाट  उत्पादित बस्तुहरूलाई उपभोक्ताकै माग अनुसार निःशुल्क र सशुल्कका रूपमा व्यवस्थापन गदै आएको छ । उपभोक्ताको घर परिवारमा मृत्यु हुँदा दाहसंस्कारका लागि ५ क्विन्टल  दाउरा र पूजा आजामा आवश्यक  काठ दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै  उपभोक्तालाई आवश्यक पर्ने सालजन्य काठ प्रति क्यु फिटको एक हजार शुल्क लिई  दिने व्यवस्था पनि समितिले बनाएको अध्यक्ष हमालले बताए । 

जेहोस रामनगर सामुदायिक वनले गरेको सराहनीय कार्यलाई अन्य वन समितिले पनि अनुसरण गर्न सके एकातिर आम्दानीको स्रोत बढ्ने अर्को तर्फ खाली जमिनको सही सदुपयोग हुन र ताजा  र अग्रानिक बेसार उपभोक्ताले सहज रूपमा प्राप्त गर्ने अवसर पाउने छन् । यसतर्फ समयमै सोच्नेकी  ।