कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साहित्य, कला तथा संस्कृति विभागमा १० जना सदस्य मनोनीत गरेका छन् । 

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेको काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

मनोनीत हुनेहरुमा यज्ञराज उपाध्याय, राजेन्द्र खत्री, रविन्द्र खड्का, रमेश कोइराला, चन्द्र शर्मा, सरोज भण्डारी, रिसबदेव घिमिरे, शान्ति सदा, देशु सुहाङ्ग र गणेश हमाल रहेका छन् ।