प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ।

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका छन्।

सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधि डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो