सांसदलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप


काठमाडौँ।

नेपाली कांग्रेसले असोज ३ गते सम्म आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका हुन् ।

उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा सत्ता साझेदार दलहरु सहमत भएका थिए।

उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । कांग्रेसले मात्रै नभएर एमालेले पनि यसअघि नै सांसदहरूलाई ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।