विश्व बजारमा तहल्का मच्चाइरहेका जेन जी उद्यमी

0
Shares

सन् १९९० देखि सन् २०१० को बीचमा जन्मिएकालाई जेनेरेसन जेड अर्थात् जेनजी भनिन्छ । यो पुस्ताका व्यक्तिहरू औसत ३० वर्षमुनिकै हुन्छन् । नेपालमा यो उमेर समूहका व्यक्ति प्रायः कलेज पढ्दै गरेका, पढाइ सकेर रोजगारीको खोजीमा रहेका, अन्य अवसर खोज्दै गरेका र थोरै संख्यामा कुनै पेशा व्यवसाय गरेका पाइन्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा अहिले यो उमेर समूहका व्यक्तिले आफ्नो क्षेत्रमा तहल्का मच्चाउन शुरू गरिसकेका छन् । यो पुस्ता डिजिटल युगमा हुर्किएको र त्यसैमा अभ्यस्त भइरहेको छ । उनीहरूको सोच र लक्ष्य पुरानो पुस्ताभन्दा फरक छ । व्यावसायिक दृष्टिकोणले उनीहरूलाई विशेष बनाएको छ । यस पुस्ताका उद्यमीहरूले प्रविधिको भरपुर प्रयोग गरेर नयाँ व्यापारिक मोडेलहरू निर्माण गर्दै आएका छन्, जसले मुनाफामात्रै होइन, सामाजिक परिवर्तन र वातावरणीय सुधारलाई पनि लक्षित गरेका छन् । यही उमेर समूहका विश्व चर्चित केही उद्यमीहरू र उनीहरूको व्यवसायको बारेमा संक्षिप्त चर्चा गरिएको छ।

बेन फ्रान्सिस

सन् ११९२ मा जन्मिएका बेन फ्रान्सिसले १९ वर्षको उमेरमा सन् २०१२ जिमसार्क नामक फिटनेस पहिरन कम्पनी स्थापना गरेका थिए । सामान्य ग्यारेजबाट व्यवसाय शुरू भएको जिमसार्कले नवीन डिजाइन र प्रभावकारी डिजिटल मार्केटिङको रणनीतिहरूको कारणले छोटो समयमै लोकप्रियता हासिल ग¥यो । अहिले एक अर्ब डलरको योे कम्पनीले फिटनेस मार्केटमा बलियो पकड बनाएको छ भने विशेष गरी युवा र फिटनेस प्रेमीहरूका बीच लोकप्रिय छ । फ्रान्सिसको उद्यमशीलता यात्रा डिजिटल मार्केटिङ र आधुनिक व्यापार यो पुस्ताका लागि गतिलो उदाहरण हुनसक्छ ।

बेन्जामिन किक

सन् १९९९ मा जन्मिएर किशोर अवस्थामै चर्चित भएका बेन्जामिन किकले स्निकर्स रिसेलिङ व्यवसायमा आफूलाई स्थापित गरेका छन् । खेलकुद वा शारीरिक व्यायामका लागि डिजाइन गरिएका जुत्ता स्निकर्सको पुनः बिक्री गरेर सफलता पाएका हुन् । उनले चर्चित सेलिब्रिटीहरूलाई आफ्नो ग्राहक बनाएर लक्जरी स्निकर्स मार्केटमा पकड बनाएका छन् । बेन्जामिनको व्यवसायले लक्जरी स्निकर्सको पुनः बिक्रीको बजारलाई व्यापक बनाएको छ ।

Mo’s Bows, Moziah Bridges, NBA bowtie

मोजियाह ब्रिजेस

सन् २००२ मा जन्मिका मोजियाह ब्रिजेसले ९ वर्षकै उमेरमा मोको बोसनामक बो टाई व्यवसाय शुरू गरेका थिए । उनको डिजाइन, फेसनप्रतिको लगाव र युवा उद्यमशील प्रयासले उनलाई सार्क ट्यांक टेलिभिजन कार्यक्रममा समेत स्थान दिलाएको छ । किशोर उमेरमै विश्व चर्चित व्यवसायी बनेका उनले आफ्ना उत्पादन विश्वव्यापीरूपमा बिक्री गर्दै आएका छन् । हजुरआमाले उनलाई सिलाइ सिकाएकी थिइन् । उनले २०११ मा मोको बोस शुरू गरेका थिए । मोजियाहको अनौठो डिजाइनले धेरैको ध्यानाकर्षण गरेकाले उनको व्यापार द्रूत गतिमा अगाडि बढ्यो ।

इवान स्पिजेल

सन् १९९० मा जन्मिएका इवान स्पिजेलले स्न्यापच्याटनामक सामाजिक सञ्जाल प्लेटफर्म स्थापना गरेका हुन्, जसले जेनजीमा लोकप्रियता हासिल गर्दै सामाजिक सञ्चारको परिभाषा नै परिवर्तन गरिदिएको छ । स्न्यापच्याटको अनौठा विशेषताजस्तै एपिमेरल मेसेजिङ (एकपल्ट हेरेपछि सन्देश हराउने) यी युवाबीच अत्यधिक लोकप्रिय रहेको छ । स्न्यापच्याटका सह–संस्थापक तथा सीईओ इवानले स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययनरत् रहँदाकै बेला एउटा यस्तो एप सिर्जना गर्ने सोच बनाएका थिए, जसमा प्रयोगकर्ताहरूले फोटो र भिडियो सन्देश हेरिसकेपछि आफैं हराउनेछ । अल्पकालीन सन्देश र गोपनीयता रहने उनकोे सोचले लोकप्रियता प्राप्त गरेको छ ।

एलिना मोर्स

सन् २००५ मा जन्मिएकी उनले ७ वर्षको उमेरमा जोलीपपनामक कम्पनी शुरू गरेकी थिइन् । जसले दाँतको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले चिनीमुक्त ललिपपहरू उत्पादन गर्छ । सन् २०१४ मा शुरू भएको जोलीपपले चाँडै लोकप्रियता प्राप्त गरकाले एलिना एक सफल किशोर उद्यमी बनिन् । उनका उत्पादन अब वालमार्ट र अमेजनलगायत संयुक्त राज्य अमेरिकाका प्रमुख खुद्रा पसलहरूमा बेचिन्छन् । एलिनाले आफ्नो व्यावसायिक कौशलता र बालबालिकाको मौखिक स्वास्थ्य प्रवद्र्धन गर्ने प्रतिबद्धताका लागि धेरै पुरस्कार प्राप्त गरिसकेकी छिन्, जसले उनलाई जेनजी उद्यमी समुदायमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ ।

ग्रेटा थुनबार्ज

सन् २००३ मा जन्मिएकी ग्रेटा कुनै परम्परागत व्यवसायी नभए पनि उनी जलवायु परिवर्तनकी अभियान्ता हुन् । उनले थुप्रै उद्यमीलाई वातावरणमैत्री र दिगो विकाससम्बन्धी व्यवसाय शुरू गर्न प्रेरित गरेकी छिन् । ग्रेटाका विचारबाट प्रभावित भएर थुप्रै युवा उद्यमीले वातावरणीय समस्या समाधान गर्न समर्पित व्यवसाय सञ्चालन गरिरहेका छन् ।