अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ जना घाइते


काठमाडाैं ।

अर्घाखाँची शीतगंगा नगरपालिका-१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ६५ वर्षका रामप्रसाद पन्थी रहेको र मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएकाे छ । घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रेफर गरिएको जनाएकाे छ ।

जिप सड देखि ७० मिटर तल खसेको छ । जिप चालक चुराबहादुर खत्री घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवल पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।