आठ पालिकाको मूल्यांकनमा त्रियुगा प्रथम, लिम्चुङबुङ अन्तिम

2.63k
Shares

उदयपुर ।


उदयपुरका आठ पालिका मध्ये त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट स्वास्थ्य शाखा बन्न सफल भएको छ । भने लिम्चुङबुङ गाउँपालिका आठौं नम्बरमा परेको छ ।

स्थानीय तहहरुबाट आ.व. २०८०-०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको मूल्यांकनमा त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखा उत्कृष्ट बनेको हो । स्वास्थ्य कार्यालय उदयपुरमा मिति २०८१/०५/२४ र २५ गते भएको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा कार्य प्रगतिको मुल्याङ्कनमा त्रियुगा नगरपालिका गर्दा ८ वटै स्थानीय तहहरू मध्ये प्रथम स्थान हासिल गर्न सफल भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार स्वास्थ्य शाखाले गर्नु पर्ने कार्यहरुको विभिन्न सूचकको आधारमा कटारी नगरपालिका दोस्रो र रौतामाई तेस्रो बनेका छन । आधारभुत स्वास्थ्य सेवा प्रवाह, खोप कार्यक्रम, पोषण कार्यक्रम, आमा सुरक्षा कार्यक्रममा स्थानीय तहले खेलेको भुमिकाको आधार लिम्चुङबुङ गाउँपालिका आठौं नम्बरमा परेको छ भने बेलका नगरपालिकाले सातौं स्थान ल्याउन सपल भएको सूचना अधिकारी निरौलाले जानकारी दिए ।

उत्कृष्ट पालिकालाई स्वास्थ्य कार्यालयका प्रमुख बृज कुमार दासले मंगलबार एक समारोहबीच नगरपालिका र गाउँपालिकालाई स–सम्मान प्रशंसा–पत्र प्रदान गरेका छन् ।