कम्बोडियाको मिस प्लोनटमा अनिषा


कम्बोडियामा आयोजना हुने मिस प्लानेट २०२४ मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन्।
आगामी नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन्। उनी प्रतियोगिताका लागि यतिबेला विभिन्न प्रशिक्षण लिइरहेकी छिन्।

प्रतियोगितामा उनी नेसनल कस्ट्युम बुद्धको थिममा बनाउने सोचमा छिन्। कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै हुने भएकाले आपूmले यो सोच बनाएको उनले बताएकी छन्। ‘नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकाले त्यो अवसरको भरपुर फाइदा उठाउने सोच छु’ उनी भन्छिन्।
मिस प्लानेटको यो वर्षको थिम दिगो विकाससँगसँगै मेन्टल हेल्थ अवरनेस रहेको छ। प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो। वीर नर्सिङ क्याम्पसमा मास्टर अध्यायनरत अनिसा पेसाले मनोचिकित्सा नर्स भएकाले पनि उनले राम्रो उपलब्धि हासिल गर्न सक्ने आशा व्यक्त गरिएको छ।

अनिसा केही अगाडि काठमाडौंमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता मिस नेपाल पिसको फस्टरनर्स अप विजेता हुन्। मिस नेपाल पिसमा विजेता बनेका कारण नै उनले मिस प्लानेट २०२४ मा सहभागीको अवसर प्राप्त गरेकी हुन्।