स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

564
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय खेल सामाग्री निर्माण कम्पनी केल्मीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई सह–प्रायोजकका रूपमा साथ दिने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का महासचिव प्रज्वल ओली र नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सह–प्रायोजक बनेवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मीको पोसाक उपलब्ध गराउने छ । कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धनमा निरन्तर सहयोग रहने बताए ।
यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा वर्ष २०८० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरिनेछ ।

अवार्डमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधा समावेश छन् । त्यसैगरी पिपल्स च्वाइस अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, टिम अफ दी इयर, पारा एथ्लिट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा छन् ।
पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।