पराग्वेसँग ब्राजिल स्तब्ध

4.51k
Shares

काठमाडौँ ।

दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिल पराग्वेसँग पराजित भएको छ । बुधबार बिहान समपन्न खेलमा पराग्वेले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पराग्वेको जितमा खेलको २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो पराग्वेको विश्वकप छनौटमा दोस्रो जित हो । यो जितपछि ८ खेलमा ९ अंकसहित पराग्वे सातौं स्थानमा रहेको छ । त्यस्तै जारी विश्वकप छनौटमा ब्राजिलको यो चौथो हार हो । ब्राजिलले ८ खेलमा ३ जित हासिल गरेको छ भने एक खेल बराबरी खेलेको छ । यो खेलपछि ब्राजिलको ८ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा छ ।